मलेसियाविरुद्ध खेल्ने नेपाली टिम घोषणा « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

मलेसियाविरुद्ध खेल्ने नेपाली टिम घोषणा


११ जेष्ठ २०८०, बिहिबार


काठमाडौँ । मलेसियाविरूद्धको पाँच खेलको टी-२० सिरिजका लागि नेपाली राष्ट्रिय महिला राष्ट्रिय क्रिकेट टिम घोषणा गरिएको छ। 

रुबिना क्षेत्रीको कप्तानीमा १४ सदस्यीय टिम घोषणा गरिएको हो। नेपाली टिमको प्रशिक्षकमा सामसन जङ्ग थापा रहेका छन्। 

नेपालले मलेसियासँग २९ मेदेखि सिरिज खेल्नका लागि मलेसिया भ्रमण गर्नेछ। 

नेपाली टिममा रु बिना क्षेत्री (कप्तान), सीता राना मगर, इन्दू बर्मा, कविता कुँवर, कविता जोशी, अस्मिना कर्माचार्य, कृतिका मरासिनी, विन्दु रावल, अप्सरी बेगम, कजोल श्रेष्ठ, सम्झना खड्का, ईश्वरी विष्ट, ज्योति पाण्डे र सरस्वती चौधरी छन्। यस्तै प्रशिक्षक सामसन जङ्ग थापा छन् । सिरिज २९ मेमा सुरु भएर ४ जुनमा सकिनेछ। सिरिजका सबै खेल बाइएसडी-यूकेएम ओभलमा हुने क्यानको भनाइ छ।

पछिल्लो पटक नेपाली महिला क्रिकेटरले घरेलु मैदानमा एमसिसीको महिला क्रिकेट टिमसँग खेलेका थिए।

यस्तै गत असारमा नेपालले एसिसी महिला टी-२० च्याम्पियनसिप खेलेको थियो। मलेसियामा भएको प्रतियोगिताको सेमिफाइनलमा वर्षा वाधक बन्दा नेपाल युएईसँग पछि परेको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस