कीर्तिमानी आरोही कामिरिता काठमाडौँमा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

कीर्तिमानी आरोही कामिरिता काठमाडौँमा


११ जेष्ठ २०८०, बिहिबार


काठमाडौँ । सगरमाथा आरोहणमा नयाँ कीर्तिमान कायम गरेका कामिरिता शेर्पा काठमाडौँ फर्किएका छन्। मङ्गलवार २८औँ पटक सगरमाथाको सफल आरोहण गरेका उनी बिहीबार काठमाडौँ फर्किएका हुन्।

उनले सबैभन्दा बढी पटक सगरमाथा आरोहण गर्ने यसअघिको आफ्नै कीर्तिमानी तोडेका छन्। यो वर्षको वसन्त ऋतुमा उनको यो दोस्रो पटकको आरोहण हो।

यसअघि जारी सिजनमा यही मे १७ मा कामिरिताले २७औँ पटक सगरमाथा आरोहण गरेका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस