मधेस सरकारमा सहभागी हुँदै लोसपा « प्रशासन
Logo ३१ जेष्ठ २०८१, बिहिबार
   

मधेस सरकारमा सहभागी हुँदै लोसपा


११ जेष्ठ २०८०, बिहिबार


काठमाडौँ । मधेस सरकारमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) पनि सहभागी हुने भएको छ ।

लोसपाले सांसद रमेश पटेललाई वन तथा वातावरणमन्त्री बनाउने सहमति जुटाएको हो । पर्सा क्षेत्र नम्बर २ (ख) बाट निर्वाचित उनले आजै मन्त्रीको शपथ लिने बुझिएको छ ।

लोसपाले दुई वटा मन्त्रालय पाउनुपर्ने अडान राख्दै आएको थियो । तर, तत्काल एउटा मन्त्रालय दिने सहमतिअनुसार लोसपाले पटेललाई सरकारमा पठाउने निर्णय गरेको हो ।

मधेस भवनमा नवनियुक्त मन्त्री पटेललाई प्रदेश प्रमुख हरिशंकर मिश्रले आज बेलुका ५ बजे शपथग्रहण गराउने कार्यक्रम तय गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस