सिटिजन्स बैंकलाई जर्मनीको बैंकले पुनर्कर्जा तथा प्राविधिक सहयोग दिने « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सिटिजन्स बैंकलाई जर्मनीको बैंकले पुनर्कर्जा तथा प्राविधिक सहयोग दिने


११ जेष्ठ २०८०, बिहिबार


काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनललाई जर्मनीको केएफडब्लू डेभलपमेन्ट बैंकले ३५ लाख युरो पुनर्कर्जा र पाँच लाख युरोबराबरको प्राविधिक सहयोग उपलब्ध गराउने भएको छ ।

नेपालको ग्रामीण क्षेत्रमा लघु, घरेलु तथा साना उद्यम व्यवसाय प्रवर्धन लागि पुनर्कर्जा दिने विषयमा सिजिटन्स बैंक, जर्मनीको केएफडब्लू डेभलपमेन्ट बैंक र नेपाल राष्ट्र बैंकबीच त्रिपक्षीय समझदारी भएको हो ।

केएफडब्लूले ‘सस्टेनेबल इकोनोमिक डेभलपमेन्ट इन रुरल एन्ड सेमी-अर्बान एरियाज-सेड्रा थ्री’ पुनर्कर्जा र प्राविधिक सहयोग गर्न लागेको बैंकले जनाएको छ । स्थापनाकालदेखि नै आफ्नो लगानीको प्राथमिकता लघु, घरेलु तथा साना उद्यम व्यवसाय कर्जामा गर्दै आएको निष्कर्षसहित केएफडब्लू डेभलपमेन्ट बैंकले सेड्रा थ्री प्रोजेक्टमा समझदारीका लागि नेपालमा सञ्चालित बैंक तथा वित्तीय सस्ंथामध्येबाट सिटिजन्स बैंकलाई चयन गरेको जनाइएको छ ।

नेपालसँग जर्मन वित्तीय सहयोग परियोजनाअन्तर्गत केएफडब्लू डेभलपमेन्ट बैंकले नेपाल राष्ट्र बैंकसँगको समझदारीमा नेपालमा सञ्चालित बैंक तथा वित्तीय संस्थालाई लघु, घरेलु तथा साना उद्यम व्यवसाय प्रवर्द्धनका लागि पुनर्कर्जा प्रदान गर्दै आइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस