भुटानी शरणार्थी प्रकरणमा नाम आएका सबैमाथि अनुसन्धान हुनुपर्छ : नेकपा एस « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

भुटानी शरणार्थी प्रकरणमा नाम आएका सबैमाथि अनुसन्धान हुनुपर्छ : नेकपा एस


११ जेष्ठ २०८०, बिहिबार


काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले नक्कली भुटानी शरणार्थी प्रकरणमा नाम आएका सबैमाथि अनुसन्धान गर्नुपर्नेमा जोड दिएको छ ।

पार्टी कार्यालय तीनकुनेमा बिहीबार बसेको एकीकृत समाजवादीको केन्द्रीय सचिवालयको अनौपचारिक बैठकले शरणार्थी प्रकरणमा छलफल गर्दै अब हुन सक्ने सम्भावनाका आधारमा नाम आएका सबैमाथि अनुसन्धान गर्नुपर्नेमा जोड दिएको हो ।

बैठकमा सरकारको नीति तथा कार्यक्रम, आगामी बजेट र प्रधानमन्त्रीको भारत भ्रमणका बारेमा पनि छलफल भएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

त्यस्तै, बैठकमा पार्टी अध्यक्ष माधव कुमार नेपालले शुक्रबारदेखि नर्वेमा हुने आफ्नो भ्रमणका बारेमा पनि जानकारी गराएको खतिवडाले बताए । अध्यक्ष नेपाल नर्वेमा हुने माउन्ट समिटको प्रमुख अतिथिका रूपमा त्यसतर्फ जान लागेको खतिवडाले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस