भुटानी शरणार्थी प्रकरणको भ्रष्टाचारविरुद्ध नेकपा एसले सबै जिल्लामा प्रदर्शन गर्ने « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

भुटानी शरणार्थी प्रकरणको भ्रष्टाचारविरुद्ध नेकपा एसले सबै जिल्लामा प्रदर्शन गर्ने


११ जेष्ठ २०८०, बिहिबार


काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले नक्कली भुटानी शरणार्थी प्रकरणको भ्रष्टाचारविरुद्ध थप सङ्घर्षको कार्यक्रम गर्ने भएको छ ।

पार्टीको मोर्चा सङ्गठन विभागको बैठकबाट यही जेठ १६ गते अपराह्न ४ बजे सबै जिल्लामा विरोध प्रदर्शन, र्‍याली र कोणसभा गर्ने निर्णय गरिएको पार्टीले जनाएको छ ।

काठमाडौँमा माइतीघरबाट जुलुससहित नयाँ बानेश्वरमा पुगी सभा गर्ने निर्णय गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस