तोलामा १ हजारले घट्यो सुन « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

तोलामा १ हजारले घट्यो सुन


११ जेष्ठ २०८०, बिहिबार


काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ।

आज सुनको मूल्य प्रतितोला १ हजारले घटेर तोलामा १ लाख ८ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

बुधबार प्रति तोला १ लाख ९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तैगरी, तेजाबी सुनको मूल्य तोलाको १ लाख ८ हजार ३ सय रुपैयाँ निर्धारण भएको छ।

यस्तैगरी, चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ५० रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य प्रति तोला १० रुपैयाँले घटेको हो।

बुधबार चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ६० रुपैयाँमा कारोबार भएको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस