धवलागिरि अस्पतालमा मेरुदण्डको शल्यक्रिया « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

धवलागिरि अस्पतालमा मेरुदण्डको शल्यक्रिया


११ जेष्ठ २०८०, बिहिबार


गलकोट । बागलुङको धवलागिरि अस्पतालमा पहिलो पटक मेरुदण्डको शल्यक्रिया गरिएको छ । मेरुदण्डको हड्डी भाँच्चिएर समस्यामा परेका बागलुङकै ५२ वर्षीय एक पुरुषको बुधबार शल्यक्रिया गरिएको हो ।

धवलागिरि अस्पतालका डा.विनित ढकाल, डा.समिर लामिछाने, डा.प्रमेश थापा, डा.राजन शर्मा, डा.अमित ढुङ्गानालगायत चिकित्सक टोलीले मेरुदण्डको शल्यक्रिया गरेको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा.रविरञ्जन प्रधानले जानकारी दिए ।

‘यसअघि कम्मरको हड्डी भाँचिएको पनि शल्यक्रिया गरिएको थियो, ‘रिफर सेन्टर’का रूपमा चिनिएको अस्पतालले पछिल्लो समय विशेषज्ञ सेवालाई थप गर्दै गएको छ’, उनले भने । अहिले अस्पतालमा दैनिक चार सयको हाराहारीमा बिरामी उपचारका लागि आउने गरेका डा . प्रधानले बताए ।

यसअघि मेरुदण्डको शल्यक्रियाका लागि बिरामी पोखरा, भरतपुर, काठमाडौँलगायत ठाउँ जाने गरेका थिए । महँगो उपचारका रूपमा मानिँदै आएको मेरुदण्डको शल्यक्रिया बागलुङकै सरकारी अस्पतालमा भएपछि अब अरूलाई पनि सहज हुने भएको छ । पछिल्लो समय विशेषज्ञ चिकित्सक थप भएसँगै अस्पतालले ओपिडी बाहेकका अन्य विशेष प्रकारका सेवासमेत दिन थालेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस