सिन्धुली अस्पतालका १४ डाक्टरले गरे सेवा बन्द, दबाब आए राजीनामा दिने चेतावनी « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सिन्धुली अस्पतालका १४ डाक्टरले गरे सेवा बन्द, दबाब आए राजीनामा दिने चेतावनी


१० जेष्ठ २०८०, बुधबार


काठमाडौँ । सिन्धुली अस्पतालका १४ जना डाक्टरहरूले सेवा बन्द गर्ने घोषणा गरेका छन् ।

यसअघि गर्भवतीको मृत्यु भएको घटनालाई लिएर आफन्त र स्थानीयले तोडफोड गरेपछि ठप्प रहेको सिन्धुली जिल्ला अस्पतालको सेवा सुचारु भएको थियो ।

तर घटनाका कारण भौतिक क्षति तथा स्वास्थ्यकर्मीको मानसपटलमा पुग्न गएको असरका कारण स्वस्थरुपमा बिरामीको उपचार गर्न सक्ने क्षमता आई नसकेकोले मानसिकरुपमा तयार नहुन्जेल कुनैपनि सेवा प्रवाह गर्न नसक्ने भन्दै उनीहरूले सेवा बन्द गरेका हुन् ।

उनीहरूले कुनै प्रशासनिक दबाब आएमा सामूहिक राजीनामा दिने चेतावनी पनि दिएका छन् ।

यसअघि अस्पताल व्यवस्थापन, सरोकारवाला र पीडितपक्षबीच सहमति भएपछि तोडफोड भएका सामान मर्मत गरी सेवा सुचारु भएको थियो ।

घटनाको छानबिनका लागि समिति गठन गर्न प्रदेश स्वास्थ्य मन्त्रालयलाई अनुरोध गरिने सहमति भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस