एमालेले गर्‍यो मेयर नेपालीलाई निलम्बन « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

एमालेले गर्‍यो मेयर नेपालीलाई निलम्बन


१० जेष्ठ २०८०, बुधबार


काठमाडौँ । सहकारीबाट करोडौँ अपचलनको आरोपमा फरार ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई नेकपा एमालेले निलम्बन गरेको छ। नेपाली एमालेका गण्डकी प्रदेश कमिटी सदस्य हुन्।

एमाले गण्डकी प्रदेश कमिटीको कार्यालय बैठकमार्फत नेपालीलाई निलम्बन गर्ने निर्णय गरेको एक प्रदेश कमिटी पदाधिकारीले बताए । 

सहकारीका बागलुङ र पोखराका बचतकर्ताले प्रशासनमा उजुरी दिएको र अध्यक्ष नेपालीलाई अध्यागमन विभागले विदेश यात्रामा रोक लगाएको भन्दै उनले छानबिनका लागि निलम्बन गरेको बताए।

सहकारीमा बचत गरेका सर्वसाधारण नागरिकले आफ्नो रकम फिर्ता माग्न थालेपछि नेपाली गत आइतबारदेखि सम्पर्कविहीन छन्।

सम्बन्धित समाचार : ढोरपाटनका मेयर ३ दिनदेखि फरार, रकम हिनामिना गरेको भन्दै जिप्रकामा निवेदन 

पोखरा र बागलुङमा इमेज बचत तथा ऋण सहकारी संस्था चलाएका नेपालीले प्रारम्भिक अनुसन्धानमा २ अर्ब अपचलन गरेको पाइएको छ।

सम्बन्धित समाचार : ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमारसहित ७ जनाको यात्रा अनुमति रद्द गर्न गृहको पत्र

Tags :
प्रतिक्रिया दिनुहोस