‘लोककल्याणकारी विज्ञापन रोक्ने सरकारको नीति छैन’ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

‘लोककल्याणकारी विज्ञापन रोक्ने सरकारको नीति छैन’


१० जेष्ठ २०८०, बुधबार


काठमाडौँ । सरकारले लोककल्याण्कारी विज्ञापन नरोकिने स्पष्ट पारेको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माका सञ्चार विज्ञ नरेन्द्र केसीका अनुसार लोककल्याणकारी विज्ञापन रोक्ने सरकारको नीति नरहेको र नरोकिने प्रतिबद्धता यसअघि नै मन्त्री शर्माले स्पष्ट पारिसकेकी छन् ।

नेपाल पत्रकार महासङ्घ उपत्यका प्रदेश समितिले यही जेठ ९ गते बुझाएको ज्ञापन पत्र बुझ्दै विज्ञापन नरोक्ने र नरोकिने प्रतिबद्धता व्यक्त गरेकी थिइन् ।

चालु आर्थिक वर्षको विनियोजन भएको बजेट अपुग भए थप रकमको प्रबन्ध गरिने मन्त्री शर्माले प्रतिबद्धता व्यक्त गरेकी छन् ।

आगामी दिनमा लोककल्याण्कारी विज्ञापन वितरण कार्यक्रम निरन्तर हुने मन्त्री शर्माले स्पष्ट गरिसकेको सञ्चार विज्ञ केसीले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस