रुपन्देहीबाट २२ लाख बढीको इलेक्ट्रिक सिगरेट तथा सामान बरामद « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

रुपन्देहीबाट २२ लाख बढीको इलेक्ट्रिक सिगरेट तथा सामान बरामद


१० जेष्ठ २०८०, बुधबार


काठमाडौँ ।  सशस्त्र प्रहरीले रुपन्देहीबाट २२ लाख ३० हजार ५ सय ९० रुपैयाँको चोरीपैठारीको सामान बरामद गरेको छ । जिल्लाको सिद्धार्थनगर नगरपालिका-१ आँपबगैचा ईलाकाबाट आज इलेक्ट्रिक सिगरेट, इलेक्ट्रिक आईटम्स्, मोटरपार्ट्स र लत्ताकपडा बरामद गरेको हो ।

बुधबार राति साढे १ बजे भारतबाट अवैध रूपले ल्याउँदै गरेको सामानहरू प्रस्तावित सीमा सुरक्षा गुल्म डण्डा (बीओपी डण्डा) बाट खटिएका सशस्त्र प्रहरी नायव उपरीक्षक अरुण शर्माको कमाण्डको टोलीले टोलीले उक्त सामान बरामद गरेको हो ।

सामान ल्याउने व्यक्तिहरू गस्तीमा रहेको सशस्त्र प्रहरीलाई देसाख्नाथै उक्त सामानहरू छाडेर भागेका थिए । बरामद सामान भैरहवा भन्सार कार्यालय बेलहिया रुपन्देहीमा बुझाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस