जलनका बिरामीलाई पनि क्यान्सर रोग सरह नै आर्थिक सहयोग उपलब्ध गराउन माग  « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

जलनका बिरामीलाई पनि क्यान्सर रोग सरह नै आर्थिक सहयोग उपलब्ध गराउन माग 


१० जेष्ठ २०८०, बुधबार


काठमाडौँ । नेपाली काँग्रेसका सांसद डा.चन्द्र भण्डारीले जलनका बिरामीहरूलाई पनि क्यान्सर रोग सरह नै आर्थिक सहयोग उपलब्ध गराउन सरकारसँग माग गरेका छन् । 

खाना पकाउने ग्याँसको जलनबाट पीडित भएपछि पहिलो पटक बुधबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने क्रममा उनले सो माग राखेका हुन् । 

गरिब मानिसहरू नै यसको बढी मारमा पार्ने भएकाले उनीहरूलाई पनि क्यान्सर, किड्नी रोगलाईजस्तै आर्थिक सहायता राज्यले उपलब्ध गराउनुपर्ने उनको तर्क थियो । सांसद भण्डारीले ग्याँस र बिजुली जस्ता विषयवस्तु विद्यालय तहकै पाठ्यक्रममा समावेश गर्नुपर्ने आवश्यकता पनि औँल्याए ।

उनले आफू सौभाग्यवश बाँचेर संसदमा बोल्ने अवसर पाएको उल्लेख गर्दै नेपालका चिकित्सक र स्वास्थ्यकर्मीहरू विश्वका कुनै पनि चिकित्सकहरू भन्दा कम नभएको पनि बताए। उनले नेपालमा जलन अस्पताल सरकारले स्थापना गरे त्यो एसियाकै सबल हुने दाबी समेत गरे ।

सांसद भण्डारीले कीर्तिपुर वर्न अस्पताल र सुष्मा मेमोरियल अस्पतालको भवन बनाउन पनि सरकारको ध्यानाकर्षण गराए 

Tags :
प्रतिक्रिया दिनुहोस