शरणार्थी प्रकरणमा आइजिपीलाई निलम्बन गरेर छानबिन गर्न माग « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

शरणार्थी प्रकरणमा आइजिपीलाई निलम्बन गरेर छानबिन गर्न माग


१० जेष्ठ २०८०, बुधबार


काठमाडौँ । राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले नक्कली शरणार्थी प्रकरणमा प्रहरी महानिरीक्षकलाई निलम्बन गरेर छानबिन गर्न माग गरेका छन् ।

बुधवार प्रतिनिधि सभामा सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रमको छलफलमा भाग लिँदै उनले भने, ‘मलाई अचम्म लाग्छ, नाम पत्रिकामा भकाभक आइरहेको छ । अनि ३ दल बसेर खुसुखुसु गर्नुहुन्छ बालुवाटारतिर । लुकी लुकी । त्यो गरिसकेपछि मुद्दा कमजोर हुँदै जान्छ । आज नेपाल प्रहरीका आइजिपीका बारेमा पनि पत्रपत्रिकामा आइरहेको छ । एउटा कर्मचारीलाई निलम्बन गरेर छानबिन गर्ने कि नगर्ने ? त्यतिमात्र हैन, अन्य नेताहरूको आइरहेको छ । तिनीहरूलाई के गर्ने उम्काइदिने ? त्यसो भए कानुन २ वटा लेखौँ । यस्तो तरिकाले मुलुक अगाडि बढ्न सक्दैन ।’

Tags :
प्रतिक्रिया दिनुहोस