भुटानी शरणार्थी प्रकरण टुङ्ग्याउनु पर्छ : गगन थापा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

भुटानी शरणार्थी प्रकरण टुङ्ग्याउनु पर्छ : गगन थापा


१० जेष्ठ २०८०, बुधबार


काठमाडौँ । काँग्रेसका महामन्त्रीसमेत रहेका सांसद गगन थापाले नेपालीलाई नक्कली भुटानी शरणार्थी प्रकरण टुङ्गोमा पुर्‍याउनुपर्ने बताएका छन्।

प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै सांसद थापाले यस्तो बताएका हुन् ।

उनले भने, ‘अहिले जसरी नामहरू आइरहेका छन् लाज पनि लगाएकोजस्तो भएको छ। को-को परेको हो, को-को नपरेको हो सुन्दासुन्दै। हाम्रो वरिपरि भएका जिम्मेवारी लिइरहेका एकपछि अर्को तानिँदै जाने हुन् कि भन्ने लागेको छ। तर यसमा सरकारको परीक्षा हेर्नु छ। अनुसन्धान कसरी भइरहेको छ सबै जनताले हेरिरहेका छन्। जसको नाम आएको छ उसलाई निष्पक्ष अनुसन्धान गरिनुपर्छ। कसैले पनि यसबाट मुक्ति पाउने अवस्था छैन। सरकारको पछि अब न्यायालयको पनि परीक्षा सुरु हुन्छ । अदालतले मैले न्याय गरेँ भनेर मात्र पाउँदैन। न्यायको अनुभूति हुनुपर्छ। चाहे घर होस् चाहे बार्दलीको होस्। नेता होस् कि नाता होस्। सलामी गर्ने होस् कि सलामी लिने होस् एक जना पनि छुट्न हुँदैन । अनुसन्धान कहीँ न कहीँ लप्पकाएको छ भन्ने भयो भने विकल्पहरूबारे खोजी हुन्छ र प्रश्न उठ्छ।’

Tags :
प्रतिक्रिया दिनुहोस