भुटानी शरणार्थी प्रकरणका लागि रास्वपाले गर्‍यो संसदीय छानबिन समिति गठनको माग « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

भुटानी शरणार्थी प्रकरणका लागि रास्वपाले गर्‍यो संसदीय छानबिन समिति गठनको माग


१० जेष्ठ २०८०, बुधबार


काठमाडौँ । प्रतिपक्षी दल रास्वपाले नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिनका लागि संसदीय छानबिन समिति गठनको माग गरेको छ ।

प्रतिनिधिसभाको बुधवारको बैठकको सुरुमै रास्वपाका सभापति रवि लामिछानेले समय लिएर बोल्दै यो प्रकरण निष्पक्ष अनुसन्धान र अभियोजनमा आशङ्का उत्पन्न भएकाले संसदीय छानबिन आवश्यक रहेको बताएका हुन् ।

उनले प्रकरणमा जोडिएका व्यक्तिहरूलाई सोधपुछसमेत नहुनुले गम्भीर आशङ्का उत्पन्न भएको बताए ।

उनले भने, ‘यो काम अँध्यारो कोठा र गल्लीमा भएको भएको थिएन, बालुवाटार र सिंहदरबारमा बसेकाहरूबाट भएको कुरा आएका छन् । अब संसदीय विशेष समितिको गठन गरेर छानबिन गर्नुपर्छ । ज–जसको आएको छ उनीहरूलाई सोधपुछ हुनपर्‍यो। सोधपुछका लागि एक पटक बोलाउन नहुने के हो ।’

Tags :
प्रतिक्रिया दिनुहोस