ए डिभिजन लिग : आज तीन खेल हुँदै « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

ए डिभिजन लिग : आज तीन खेल हुँदै


१० जेष्ठ २०८०, बुधबार


काठमाडौँ । शहीद स्मारक ए डिभिजन लिगमा आठौँ चरण अन्तर्गत आज (बुधबार) तीन खेल हुँदैछ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा दिउँसो ३ बजे शुरु हुने पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र न्युरोड टिम एनआरटीबीच प्रतिस्पर्धा हुनेछ।

२० खेलमा २९ अङ्क जोडेर पाँचौँ स्थानमा रहेको आर्मी आठौँ जितको योजनामा छ। एनआरटी छैटौँ जितको खोजीमा हुनेछ। एनआरटी २० खेलमा २३ अङ्क जोडेर ११ औँ स्थानमा रहेको छ।

यस्तै च्यासल मैदानमा दिउँसो ३ बजे शुरु हुने खेलमा एपीएफ क्लब र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ। २० खेलमा २३ अङ्क जोडेर १० औँ स्थानमा रहेको एपीएफ सातौँ जितको योजनामा छ। ​२० खेलमा २३ अङ्क जोडेर १२ औं स्थानमा रहेको संकटा छैटौँ जितको योजनामा रहेको छ ।

यस्तै दशरथ रङ्गशालामा साँझ ६ बजे शुरु हुने दोस्रो खेलमा जावलाखेल युथ क्लब र मछिन्द्र फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ। २० खेलमा ३३ अङ्क जोडेर तेस्रो स्थानमा रहेको जावलाखेल दशौँ जितको खोजीमा हुनेछ।

मच्छिन्द्र २० खेलमा ३४ अङ्क जोडेर मच्छिन्द्र पनि दशौँ जितको योजनामा छ।

Tags :
प्रतिक्रिया दिनुहोस