जनमत पार्टीले बोलायो केन्द्रीय समिति बैठक « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

जनमत पार्टीले बोलायो केन्द्रीय समिति बैठक


९ जेष्ठ २०८०, मंगलबार


काठमाडौँ । डा. सिके रावत नेतृत्वको जनमत पार्टीले केन्द्रीय समितिको बैठक बोलाएको छ । 

जनमतले सरकार, गठबन्धन, सङ्गठन निर्माणलगायत अन्य समसामयिक राजनीतिक विषयमा छलफल गर्न केन्द्रीय समितिको बैठक बोलाएको हो । 

पार्टी सङ्गठन विस्तार तथा सुदृढीकरण, देशको पछिल्लो समसामयिक राजनीतिक घटनाक्रमको विषयमा छलफल गर्नका लागि यही जेठ १२ गते बैठक आह्वान गरिएको सो पार्टीका सचिव अनिता साहले जानकारी दिइन् । 

जनमत पार्टीले केन्द्रीय सरकारबाट आफ्ना तर्फका मन्त्री केही समय पहिले फिर्ता बोलाइसकेको भए पनि सरकारलाई दिएको समर्थन भने कायमै राखेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस