काठमाडौँ। कोशी प्रदेश सभाको दोस्रो तथा बजेट अधिवेशन आह्वान गरिएको छ ।
प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेशसभाको दोस्रो तथा बजेट अधिवेशन आह्वान गरेका हुन् ।
सोमबार बसेको प्रदेश सरकार मन्त्रीपरिषद्को बैठकले आउँदो जेठ १४ गते संसद् अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरेअनुरूप खापुङले आइतबार दिउँसो २ बजेका लागि अधिवेशन आह्वान गरेका हुन् ।