उपराष्ट्रपतिको उम्मेदवारी फिर्ता लिएकी प्रमीला बनिन् राज्यमन्त्री  « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

उपराष्ट्रपतिको उम्मेदवारी फिर्ता लिएकी प्रमीला बनिन् राज्यमन्त्री 


९ जेष्ठ २०८०, मंगलबार


काठमाडौँ । जनता समाजवादी पार्टीले उपराष्ट्रपति चुनावमा अघि सारेकी प्रमीला कुमारीलाई राज्यमन्त्री बनाएको छ।

जसपाले शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्रीमा प्रमीलालाई पठाएको छ। उक्त मन्त्रालयमा मन्त्रीका रूपमा यस अघि जसपाले वरिष्ठ उपाध्यक्ष अशोक राईलाई पठाएको थियो। पुरुषबाट उपराष्ट्रपतिको उम्मेदवार हुन नसकेको अवस्थामा प्रमीलालाई अघि सार्ने जसपाको तयारी थियो

राष्ट्रपति र उपराष्ट्रपतिमा फरक लिंग वा समुदाय हुनुपर्ने संवैधानिक व्यवस्थाको व्याख्याका क्रममा फरक फरक धारणाहरू सार्वजनिक भएका थिए। फरक समुदायबाट पुरुष उपराष्ट्रपति हुन सक्ने अवस्था बनेपछि प्रमीलाले नाम फिर्ता लिएकी थिइन्।

Tags :
प्रतिक्रिया दिनुहोस