प्रधानमन्त्रीको स्पष्टीकरण : गठबन्धन भत्किने अवस्था देखेपछि चीनले नै मेरो भ्रमण रोक्यो  « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

प्रधानमन्त्रीको स्पष्टीकरण : गठबन्धन भत्किने अवस्था देखेपछि चीनले नै मेरो भ्रमण रोक्यो 


९ जेष्ठ २०८०, मंगलबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिनियाँ राजदूतको आग्रहमा चीन भ्रमण रोकिएको स्पष्ट पारेका छन्। 

मङ्गलवार नीति तथा कार्यक्रममाथि राष्ट्रियसभाको बैठकमा सांसदहरूको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको दबाबमा चिनियाँ राजदूतको आग्रहमा भ्रमण रोकिएको बताएका हुन्। 

‘मलाई उत्तर (चीन) बोवाओ फोरममा निम्ता गरेको थियो। त्यहाँ नजाने निर्णय नेपाल सरकारले गरेको होइन। बरु चिनियाँ राजदूतले नै यहाँको राष्ट्रपति र उपराष्ट्रपतिको चुनावको दबाब र यहाँको गठबन्धन भत्किने अवस्था देखिएपछि उहाँहरू९चीन०ले सरकारको अप्ठ्यारोलाई बुझेर उहाँ (राजदूत)ले नै मलाई निकै अप्ठ्यारो देखिन्छ। तपाईँ त बोआओ फोरममा जान सम्भव देखिरहेका छैनौँ हामीले अलि पछि गरौँ कि क्या हो चीन भ्रमण भनेपछि मैले उहाँलाई तपाईँले यहाँको मर्का बुझिदिनुभयो। धन्यवाद मात्रै भनेको हो। हामीले रोकेको सत्य होइन,’ प्रधानमन्त्री प्रचण्डले भने। 

यस्तै उनले आफू पहिलोपटक प्रधानमन्त्री हुँदा चीनको भ्रमण गरेको बताउँदै पहिला कुन देशको भ्रमण गर्ने विषयमा कानुनी जटिलता नभएको बताए। 

Tags :
प्रतिक्रिया दिनुहोस