कर्णालीभन्दा मधेस पछाडि पर्‍यो : सिके राउत « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

कर्णालीभन्दा मधेस पछाडि पर्‍यो : सिके राउत


९ जेष्ठ २०८०, मंगलबार


काठमाडौँ । जनमत पार्टीका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य सिके राउतले मधेस कर्णालीभन्दा पछि परेको बताएका छन्।

प्रतिनिधि सभाको मङ्गलवारको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा मधेसमा ५९ प्रतिशत बालबालिका रक्त अल्पताका सिकार भएको बताएका हुन्।

उनले भने, ‘हामीलाई जहिले पनि रटाइयो कर्णाली प्रदेश पिछडिएको भनेर आज कर्णाली भन्दा पिछडिएको क्षेत्र मधेस हो। जनगणनाको तथ्याङ्कले मधेसको साक्षरता दर ६३ प्रतिशत देखाएको छ। जबकि कर्णालीमा ७६ प्रतिशत छ। जुनसुकै आँकडा हेर्नुहोस्, मानव विकास सूचकाङ्क, शौचालयसम्म पहुँच, प्रतिव्यक्ति आय जे हेर्दा पनि हुन्छ। हामीलाई पढाइन्छ कर्णालीमा खान पाइँदैन, मधेस अन्नको भण्डार हो भनेर तर कुपोषणका कारण बालबालिकामा रक्त अल्पता भएको सबैभन्दा ठूलो प्रदेश मधेस प्रदेश हो ।’

उनले बुँदा नम्बर ११ मा मधेस प्रदेशलाई विशेष प्राथमिकता दिएकोमा सरकारलाई धन्यवाद दिए।

Tags :
प्रतिक्रिया दिनुहोस