‘कर्मचारी समायोजनलाई ठोस रूपमा सम्बोधन गर्नुपर्छ’ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

‘कर्मचारी समायोजनलाई ठोस रूपमा सम्बोधन गर्नुपर्छ’


९ जेष्ठ २०८०, मंगलबार


काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले माओवादी नेतृत्वको सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम संघीयताविरोधी देखिएको टिप्पणी गरेका छन्।

मङ्गलवार नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै उनले यस्तो बताएका हुन् । उनले सङ्घीयतालाई सबल गर्ने ठोस कार्यक्रम नदेखिएको भन्दै ‘सङ्घीयता’ शब्दसमेत तीन पटक मात्रै उल्लेख गरिएको बताए।

उनले भने, ‘म आश्चर्यचकित छु कि माओवादी नेतृत्वको सरकारले जुन नीति तथा कार्यक्रम ल्याएको छ, त्यो संघीयताविरोधी देखिएको छ । बुँदा नम्बर १९ मा के मात्रै लेखिएको छ भने– वित्तीय सङ्घीयताको प्रभावकारी कार्यान्वयन गरिनेछ। त्योबाहेक यहाँ कुनै ठोस कार्यक्रम सङ्घीयताका बारेमा ल्याएको छैन।’

सांसद राउतले प्रदेश प्रहरी, कर्मचारी समायोजनलगायत सङ्घीयता कार्यान्वयनसँग सम्बन्धित विषयलाई ठोस रूपमा सम्बोधन गर्न सरकारले पहल गर्नुपर्ने समेत उनको भनाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस