‘नीति तथा कार्यक्रमले जनतामा आशा जगाएको छ’ « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

‘नीति तथा कार्यक्रमले जनतामा आशा जगाएको छ’


९ जेष्ठ २०८०, मंगलबार


काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का सांसद हितराज पाण्डेले नेपाल सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम वस्तुगत अवस्थालाई सम्बोधन गरिएको र नेपाली जनतालाई आशा जगाउने खालको भएको भन्दै दृढ समर्थन गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा जारी आर्थिक वर्ष २०८०/८१ को नेपाल सरकारको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा सांसद पाण्डेले अहिलेको सरकारले भ्रष्टाचारको छानबिनलाई अगाडि बढाएको, कृषिलाई प्राथमिकता दिई उत्पादनलाई बढाउने सम्भावना रहेको बताएका हुन् ।

उनले पर्यटनको विकास र जनताका आकाङ्क्षालाई सम्बोधनका लागि नीति तथा कार्यक्रमले बाटो खोलेकाले आपसी छेडछाड नगरी कामका लागि प्रतिस्पर्धा गर्नुपर्ने बताए ।

उनले जनताको सङ्घर्ष र बलिदानबाट आएको सङ्घीय गणतन्त्रलाई संस्थागत गर्दै शान्ति प्रक्रियाका बाँकी कामलाई पूरा गर्ने सोच नीति कार्यक्रममा रहेको र समाजवादको आधार निर्माण गर्ने आधार सिर्जना गरेको टिप्पणीसमेत गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस