भीमफेदी कारागारका ३५ जना कैदीबन्दीलाई झाडापखाला संक्रमण « प्रशासन
Logo २२ मंसिर २०८०, शुक्रबार
   

भीमफेदी कारागारका ३५ जना कैदीबन्दीलाई झाडापखाला संक्रमण


९ जेष्ठ २०८०, मंगलबार


मनहरि । मकवानपुरको भीमफेदी कारागारका ३५ जना कैदीबन्दीलाई झाडापखाला सङ्क्रमण भएको छ । सोमबार साँझ अचानक केही कैदी बन्दीमा ज्वरो आउने, बान्ता लाग्ने, पेट दुख्ने तथा झाडापखाला लाग्नेजस्ता लक्षण देखा परेको थियो ।

सुरुमा एक जनाबाट सुरु भएको झाडापखाला सङ्क्रमण बिस्तारै अन्यमा सङ्क्रमण हुँदै आएको भीमफेदी कारागारका जेलर प्रमुख तीर्थ पौडेलले जानकारी दिए ।

सङ्क्रमण भई बिरामी भएका कैदी बन्दीको उपचारका लागि जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरबाट दुई चिकित्सक, चार सहयोगी र प्राथमिक स्वास्थ्य केन्द्र भीमफेदी मकवानपुरबाट एक चिकित्सक, चार सहयोगी गरी ११ जनाको टोलीले आवश्यक औषधिसहित उपचार भइरहेको जेलर पौडेलले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस