भोलि मधेस प्रदेशमा मन्त्रिपरिषद् विस्तार हुँदै « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

भोलि मधेस प्रदेशमा मन्त्रिपरिषद् विस्तार हुँदै


८ जेष्ठ २०८०, सोमबार


काठमाडौँ । मधेस प्रदेशको सरकारमा मन्त्रिपरिषद् विस्तार गर्न बसेको दलको बैठक ठोस निर्णयमा नपुगी सकिएको छ ।   

एक नेताका अनुसार काँग्रेस, लोसपा र नेकपा एकीकृत समाजवादी (एस)लाई सरकारमा सहभागी गराउन सोमबार बसेको पहिलो चरणको बैठक सकिएको हो । 

सरकारमा सहभागी हुने दलहरूलाई ७ सांसद बराबर एउटा मन्त्रालय दिने सहमति भएको नेता यादवले जनाए । उनले मङ्गलवार ८ बजे पुनः बैठक बसेर मन्त्रालय बाँडफाँटबारे टुङ्गो लाग्ने बताए ।

दलका नेताहरूबीच भएको सहमतिअनुसार पाँचदलीय गठबन्धनका सबैभन्दा ठुलो दल काँग्रेसले ३, जसपाले २, जनमतले २, माओवादी, लोसपा र नेकपा एसले १–१ मन्त्रालय पाउने भएका छन् ।

सरकारमा अहिले जसपाले ३ वटा मन्त्रालय पाएको छ । यसरी गठबन्धनबीच मन्त्रालय बाँडफाँट हुँदा जसपाले एउटा मन्त्रालय छोड्नुपर्ने देखिन्छ । एमालेले सरकार छोड्दा खाली रहेको ४ वटा मन्त्रालयमध्ये काँग्रेसले ३, लोसपाले १ र नेकपा एसले १ वटा मन्त्रालय पाउने छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस