उपेन्द्र यादव जसपा संसदीय दलको नेता चयन « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

उपेन्द्र यादव जसपा संसदीय दलको नेता चयन


८ जेष्ठ २०८०, सोमबार


काठमाडौँ । जनता समाजवादी पार्टीका संसदीय दलको नेतामा पार्टी अध्यक्ष उपेन्द्र यादव चयन भएका छन्।

जसपा संसदीय दलको सोमबार बसेको बैठकले यादवलाई सर्वसम्मत रूपमा चयन गरेको हो। यद्यपि आधिकारिक घोषणा भने केहीबेरमा हुने एक नेताले जानकारी दिए।

गत मंसिरमा भएको निर्वाचनमा सप्तरी क्षेत्र नं. २ बाट पराजित भएका यादव वैशाख १० गते भएको उपनिर्वाचनमा बारा क्षेत्र नं २ बाट निर्वाचित भएका हुन्।

Tags :
प्रतिक्रिया दिनुहोस