गर्भवती र सुत्केरीको निःशुल्क हवाई उद्धार हुन्छ : मन्त्री जोशी « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

गर्भवती र सुत्केरीको निःशुल्क हवाई उद्धार हुन्छ : मन्त्री जोशी


८ जेष्ठ २०८०, सोमबार


मनहरी । बागमती प्रदेशका नवनियुक्त स्वास्थ्य मन्त्री उत्तम जोशीले गर्भवती र सुत्केरीका लागि निःशुल्क हवाई उद्धार कार्यक्रम ल्याउने बताएका छन् ।

मन्त्रालयको पदभार ग्रहण गर्दै मन्त्री जोशीले ‘ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीका लागि निःशुल्क हवाई उद्धार कार्यक्रम’ सञ्चालन गर्न कार्यविधि बनाउनुपर्ने भन्दै कार्यविधि निर्माण प्रक्रिया अगाडि बढाउन निर्देशन दिए ।

उनले स्वास्थ्य मन्त्रालय अन्य मन्त्रालय भन्दा फरक र जनतासँग सिधै चासो राख्ने विषय भएकाले यस तर्फ विशेष ध्यान दिएर काम गर्नुपर्नेमा जोड दिए ।

मन्त्री जोशीले सीमित स्रोतसाधनको अत्यधिक उपयोग गरी गुणस्तरीय सेवा प्रदान गर्नु अहिलेको आवश्यकता रहेको बताउँदै आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटमा स्वास्थ्य क्षेत्रका समेट्नुपर्ने महत्त्वपूर्ण कार्यक्रमसम्बन्धी सल्लाह र सुझाव दिन कर्मचारीलाई आग्रहसमेत गरे ।

स्वास्थ्य मन्त्री जोशीलाई मन्त्रालयका सचिव बद्रीबहादुर खड्का तथा विभिन्न शाखाका कर्मचारीले स्वागत गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस