दुई दशक नाघेका सवारीसाधन सञ्चालनमा रोक « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

दुई दशक नाघेका सवारीसाधन सञ्चालनमा रोक


८ जेष्ठ २०८०, सोमबार


काठमाडौँ। वाग्मती प्रदेश सरकारले पुराना सार्वजनिक सवारीसाधनलाई पत्रु गर्नका लागि आउन निर्देशन दिएको छ । आइतबार एक सूचना जारी गर्दै श्रम, रोजगार तथा यातायात मन्त्रालयले ३० वर्ष नाघेका विद्युतीय सवारीसाधन र अन्य सवारीसाधनको हकमा २० वर्ष नाघेकालाई पत्रु गर्न बोलाएको हो ।

मन्त्रालयले प्रदेशभित्रको सवारी तथा यातायात क्षेत्रको व्यवस्थापनको लागि जारी गरेको प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन, २०७५ को दफा १९ ९४० ले यस्तो व्यवस्था गरेको बताएको छ ।

वाग्मती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयका उपसचिव शंकरराज पाठकले जारी गरेको सूचनामा भनिएको छ, “२० वर्ष पुराना गाडीहरूको हकमा पत्रु कायम गर्ने भन्ने सङ्घीय सरकारको पनि र प्रदेश सरकारको पनि कानुनमा भएको हुनाले सरोकारवालाहरूलाई सूचना जारी गरिएको हो ।”

यसका लागि सवारी धनीले यातायात कार्यालयहरूमा गएर राजस्व बुझाएर गाडी पत्रु गर्नुपर्नेछ । त्यसपछि ती गाडी चल्न पाउने छैनन् ।

“२० वर्ष पुराना सवारीसाधनहरूले प्रदूषण हुने र यात्राका दृष्टिकोणले पनि सुरक्षित नहुने हुँदा त्यसलाई हटाउने सरकारको नीति हो । त्यो नीति कार्यान्वयन गर्नेक्रममा प्रदेश र सङ्घको कानुन बन्यो । अब त्यो कार्यान्वयनमा जान सूचना जारी गरेको हो,” सूचनामा भनिएको छ ।

सार्वजनिक सवारीबाहेक निजी र अन्य सवारीको हकमा भने यो लागु हुने छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस