भारतद्वारा अतिक्रमित भूमिबारे प्रधानमन्त्रीको भ्रमणमा छलफल हुनुपर्छ : माधव नेपाल « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

भारतद्वारा अतिक्रमित भूमिबारे प्रधानमन्त्रीको भ्रमणमा छलफल हुनुपर्छ : माधव नेपाल


८ जेष्ठ २०८०, सोमबार


काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले भारतले मिचेको भूमिको विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणको बेला छलफल हुनुपर्ने बताएका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उनले यस्तो बताएका हुन् । भारतले मिचेको नेपाली भूमि लिम्पियाधुरा, कालापानी, लिपुलेक र नेपालको नक्साका विषयमा छलफल हुनुपर्नेमा उनको जोड छ ।

‘लिम्पियाधुरा, कालापानी, लिपुलेक, नेपालको नक्साको कुरा आएको छ । अवश्य पनि यसको उल्लेख हुनुपर्दछ । प्रधानमन्त्रीको भारत भ्रमणमा यसलाई उठाउनुपर्ने आवश्यकता छ । सबै देशसँगको सम्बन्ध सुमधुर बनाउन चाहन्छौँ,’ उनले भने ।

Tags :
प्रतिक्रिया दिनुहोस