ए डिभिजन लिग : आज दुई खेल हुँदै « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

ए डिभिजन लिग : आज दुई खेल हुँदै


८ जेष्ठ २०८०, सोमबार


काठमाडौँ । शहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज दुई खेल हुदैँछन् ।

जसअनुसार एउटा खेल च्यासल मैदान, ललितपुरमा हुनेछ भने अर्को खेल एन्फा कम्प्लेक्स, सातदोबाटोमा हुनेछ ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अनुसार एन्फा कम्प्लेक्समा त्रिभुवन आर्मी क्लब र फ्रेन्डस क्लब बिचमा प्रतिस्पर्धा हुनेछ । सो खेल दिउँसो ३ बजेबाट सुरु हुनेछ ।

यसैगरी, च्यासल खेल मैदानमा चर्च ब्वाईज र हिमालय शेर्पा क्लब एक आपसमा भिड्ने छन् । जुन खेल पनि दिउँसो ३ बजेबाट सुरु हुनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस