तीन प्रदेशका पहाडी भू-भागमा चट्याङसहित हल्का वर्षा, तराइमा हावाहुरीको सम्भावना « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

तीन प्रदेशका पहाडी भू-भागमा चट्याङसहित हल्का वर्षा, तराइमा हावाहुरीको सम्भावना


८ जेष्ठ २०८०, सोमबार


काठमाडौँ । पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभावका कारण कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

त्यस्तै, कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भू-भागका एक वा दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

कोशी प्रदेश र मधेस प्रदेशको तराईका केही स्थानहरूमा हावा/हुरीको समेत सम्भावना रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस