भ्रष्टाचार र कमिसनको जालो तोड्नुपर्छ : मन्त्री श्रेष्ठ « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

भ्रष्टाचार र कमिसनको जालो तोड्नुपर्छ : मन्त्री श्रेष्ठ


७ जेष्ठ २०८०, आइतबार


काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचार र कमिसनको जालो तोड्नुपर्नेमा जोड दिएका छन्।

गोरखा सदरमुकाममा आज भएको प्रेस सेन्टर नेपाल गण्डकी प्रदेश समिति र गोरखा जिल्ला समन्वय समितिको साधारण सभालाई सम्बोधन गर्दै उनले सरकार देशलाई नयाँ ढङ्गबाट अघि बढाउन भ्रष्टाचार र कमिसनको जालो तोड्ने अभियानमा लागेको बताएको हुन्।

“सामाजिक, आर्थिक रूपान्तरणको माध्यमबाट नागरिकको जीवनमा परिवर्तन ल्याउन सामाजिक न्यायसहितको समाज स्थापना गर्नुपर्छ”, उनले भने “समृद्धिको गुणात्मक फड्को मार्न सरकारले भ्रष्टाचार विरुद्धको अभियानलाई कार्य सूचीअनुसार गरेको छ।”

नक्कली शरणार्थी प्रकरणको स्वतन्त्र र निष्पक्ष अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएको गृहमन्त्री श्रेष्ठले बताए। “भ्रष्टाचारी र अपराधीलाई लुक्न, छिप्न दिइँदैन”, उनले भने, “कोही निर्दोष फस्ने र दोषी उम्कने पनि छैन।” उनले सरकारको उद्देश्य सुशासन, समृद्धि र सामाजिक न्यायसहित समाज स्थापना गर्नु रहेको स्पष्ट पारे। 

Tags :
प्रतिक्रिया दिनुहोस