नेपालमै पहिलो पोषणमैत्री स्वास्थ्य संस्थायुक्त पालिका बन्यो गुल्मी दरबार  « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

नेपालमै पहिलो पोषणमैत्री स्वास्थ्य संस्थायुक्त पालिका बन्यो गुल्मी दरबार 


७ जेष्ठ २०८०, आइतबार


काठमाडौँ । गुल्मी दरबार गाउँपालिका नेपालमै पहिलो पटक पोषणमैत्री स्वास्थ्य संस्थायुक्त गाउँपालिका घोषणा भएको छ। 

शनिबार एक समारोहकाबीच गाउँपालिकालाई पोषणमैत्री स्वास्थ्य संस्थायुक्त पालिका घोषणा गरिएको हो । 

महिनावारीका लागि सुरक्षित सामग्रीयुक्त विद्यालय क्षेत्र गाउँपालिका घोषणा, उपप्रमुखलाई पोषण फोकल व्यक्ति चयन, ८३ वटा स्वास्थ्य आमा समूहलाई पुनर्जागरण, नेपालमै पहिलो पटक एकीकृत पोषणसम्बन्धी ‘कस्तो छ आमा’ कार्यक्रमको सुरुवात, बर्थिङ सेन्टर सञ्चालन र बलिथुम स्वास्थ्यचौकीलाई लुम्बिनी प्रदेशमै पहिलो पूर्ण पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजीव पन्थीले जानकारी दिए।

पोषण सम्बन्धी गुणस्तर सुधार कार्यसमिति सदस्यसमेत रहेका प्रमुख प्रशासकीय अधिकृत पन्थीले घोषणाको तयारी पूर्व गर्नु पर्ने सूचकहरू पोषण मैत्री स्वास्थ्य संस्थाहरूको लागी आवश्यक सूचकहरूको प्रमाणीकरण, गाउँ कार्यपालिकाबाट पोषणको क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता, अनुगमन, समीक्षा र मूल्याङ्कनको काम पुरा भएको बताए । 

पोषणमैत्री स्थानीय तह घोषणाको लागि आवश्यक १६ वटा सुचक तथा मापदण्डहरु पुरा भएपछि पोषणमैत्री स्वास्थ्य संस्थायुक्त पालिका घोषणा गरिएको उनले बताए । 

Tags :
प्रतिक्रिया दिनुहोस