बैठकमा मलाई बचाइदेऊ भनेर म म्याउँ म्याउँ गर्न गएको होइन : केपी ओली « प्रशासन
Logo २३ जेष्ठ २०८०, मंगलबार
   

बैठकमा मलाई बचाइदेऊ भनेर म म्याउँ म्याउँ गर्न गएको होइन : केपी ओली


७ जेष्ठ २०८०, आइतबार


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू नक्कली भुटानी शरणार्थी प्रकरणमा कसैलाई पनि जोगाउन नलागेको बताएका छन् ।

नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै ओलीले भने, ‘म तीन दलको बैठकमा बचाइदेऊ भनेर म्याउँ म्याउँ गर्न गएको होइन। अरू दुईजना चाहिँ दूधले नुहाएको मात्रै होइन, दूधको कुण्डमै नुहाएका हुन्। ममाथि चाहिँ प्रश्नै प्रश्न ?’

ओलीले सरकार निर्दोषलाई फसाएर दोषीलाई उम्काउन सरकार लागि परेको आरोप लगाए। उनले भने, ‘कोही पनि दोषीलाई उम्काउने काम नहोस्, निर्दोष फसाउने काम नहोस्। यसमा सरकारले हस्तक्षेप गर्न आवश्यक छैन ।’

उनले गत वर्ष नै दोषी पक्राउ परे पनि काण्डलाई ढाकछोप गर्न तीन व्यक्तिलाई छाडिएको उल्लेख गरे। उनले भने, ‘गत वर्ष जेठमै पक्राउ परेका व्यक्तिलाई किन छाडियो ? निर्दोषलाई फसाउने काम नहोस्, त्यो पनि अपराध नै हो । एमाले सबै खालका भ्रष्टाचार छानबिनका लागि सहयोग गर्न तयार छ। गल्ती नगर्नेतिर सरकार जाओस्। भ्रष्टलाई कारबाही गर्नेतिर लागोस्।’

Tags :
प्रतिक्रिया दिनुहोस