आफ्नो पारिश्रमिकबाट असहाय बालबालिकालाई वडाध्यक्ष विष्टको सहयोग « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

आफ्नो पारिश्रमिकबाट असहाय बालबालिकालाई वडाध्यक्ष विष्टको सहयोग


७ जेष्ठ २०८०, आइतबार


काठमाडौँ । बैतडीको पाटन नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष हरिस विष्टले बालबालिकालाई आर्थिक सहयोग गरेका छन् । आफ्नो पारिश्रमिकबाट वडाभित्रका असहाय, टुहुरा र अनाथ बालबालिकालाई सहयोग गरेका हुन्

राजनीतिबाट शिक्षा क्षेत्रमा उल्लेख योगदान पुर्‍याउँदै आएका वडाध्यक्ष विष्टले शैक्षिक सामाग्री खरिदका लागि आफ्नो पारिश्रमिकबाट २ हजार ५ सयका दरले वडाका ७ टुहुरा बालबालिकाहरूलाई आर्थिक सहयोग गरेका हुन् । 

जनता माविको वार्षिकोत्सव कार्यक्रममा उनले वडा नम्बर ८ भित्रका जनप्रिय प्रावि ज्याफु, सिद्देश्वर मावि हुक्केडाँडा, सिद्ददिप आधारभूत विद्यालय खोड्पे र जनता मावि आरुबाटमा अध्ययनरत बालबालिकाहरूलाई सहयोग रकम हस्तान्तरण गरेका हुन् । 

निर्वाचित भएपछि यो उनको वडा कार्यसमितिको बैठकमा घोषणा गरिएको पहिलो व्यक्तिगत निर्णय हो । 

व्यवस्थापन समितिको अध्यक्ष पदमा रहेर वडा नम्बर ९ स्थित ज्ञानेश्वर माविलाई जिल्लाकै नमुना विद्यालय बनाउन सफल वडाध्यक्ष विष्टले अपाङ्गता र जनजाति समुदायका बालबालिकालाई सहयोग गर्ने तयारीमा रहेको बताए । 

शिक्षासँगै वडाको समग्र विकासमा निर्वाचनताका बाचाहरू पुरा गर्न पुर्णरुपमा खटिएको उनको भनाई छ । आफूलाई निर्वाचित गर्न जनताले देखाएको सद्भाव र गरेको विश्वासलाई कुनैपनि हालतमा पुरा गर्ने उनको प्रतिबद्धता छ । 

Tags :
प्रतिक्रिया दिनुहोस