गोरखाको स्वास्थ्य चौकीमा आगलागी, प्रशासन कक्ष, स्टोर र क्वाटरमा क्षति « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

गोरखाको स्वास्थ्य चौकीमा आगलागी, प्रशासन कक्ष, स्टोर र क्वाटरमा क्षति


७ जेष्ठ २०८०, आइतबार


गोरखा । गोरखाको शहीद लखन गाउँपालिका वडा नम्बर ७ स्थित बुंकोट स्वास्थ्य चौकीमा आगलागी भएको छ ।

आइतबार बिहान करिब पौने ५ बजे माथिल्लो तलामा लागेको आगोबाट प्रशासन कक्ष, स्टोर र क्वाटरमा क्षति पुगेको छ ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाको टोलीले करिब दुई घण्टापछि आगो नियन्त्रणमा लिएका थिए । आगो निभाउन गोरखा नगरपालिकाको दमकल प्रयोग गरिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस