अर्थ समितिको बैठकमा अर्थमन्त्री महत र रास्वपा सांसद श्रेष्ठबीच भनाभन ! « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

अर्थ समितिको बैठकमा अर्थमन्त्री महत र रास्वपा सांसद श्रेष्ठबीच भनाभन !


६ जेष्ठ २०८०, शनिबार


काठमाडौँ । अर्थ समितिको आज (शनिबार) को बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महत र रास्वपाका सांसद विराजभक्त श्रेष्ठबीच भनाभन भएको छ ।

सांसद श्रेष्ठले बोल्ने क्रममा पुराना कुराहरू दोहोर्‍याएको भन्दै अर्थमन्त्रीले जिज्ञासा मात्रै राख्नु भनेपछि महत र श्रेष्ठबीच भनाभन भएको हो ।

समितिको बैठकमा बोल्ने क्रममा श्रेष्ठले ‘डाँडाको टुप्पोमा भ्यूटावर, कस्तो बेवकुफ’ भनेपछि मन्त्री महतले पुराना कुरा नदोहोर्‍याउन, अर्थतन्त्र र बजेटको बारेमा मात्र जिज्ञासा राख्न आग्रह गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस