गृहमन्त्री श्रेष्ठ र एमसीसीका उपाध्यक्ष जोनाथनबीच भेटवार्ता « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

गृहमन्त्री श्रेष्ठ र एमसीसीका उपाध्यक्ष जोनाथनबीच भेटवार्ता


६ जेष्ठ २०८०, शनिबार


काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ र एमसीसीका उपाध्यक्ष जोनाथन ब्रुक्सबीच भेटवार्ता भएको छ।

नेपाल भ्रमणको क्रममा रहेका एमसिसी उपाध्यक्ष बु्रक्स नेतृत्वको टोलीले शनिबार गृह मन्त्रालयमा पुगेर उपप्रधानमन्त्री श्रेष्ठसँग शिष्टाचार भेट गरेका हुन् । भेटमा बु्रक्सले एमसीसी परियोजनाका लागि आवश्यक जग्गा प्राप्ति, सुरक्षा र समन्वयनको काममा गृह मन्त्रालयको तर्फबाट सहयोग उपलब्ध गराउन आग्रह गरेका थिए।

उपप्रधानमन्त्री श्रेष्ठले सो परियोजनालाई समयमै सम्पन्न हुने गरी अघि बढाउनका लागि गृह मन्त्रालय र मातहतका प्रशासनिक निकायहरूको आवश्यक सहयोग हुने बताएका थिए । उपप्रधानमन्त्री श्रेष्ठले एमसीसी परियोजनालाई समयमै सम्पन्न गर्नका लागि गृह मन्त्रालयको तर्फबाट पर्याप्त र आवश्यक सहयोग हुने कुरा सो परियोजनाको प्रतिनिधिमण्डललाई बताएको भेटमा सहभागी गृह सचिव गोविन्द भट्टराईले जानकारी दिए।

उनले भने, ‘आज २०८० साल जेष्ठ महिनाको ६ गते गृह मन्त्रालयका माननीय उपप्रधानमन्त्री तथा गृहमन्त्री ज्यु र एमसीसीका भाइस प्रिसिडेन्ट जोनाथन बु्रक्सबीच भेटघाट भएको छ। उहाँहरूको नेपाल भ्रमणको क्रममा माननीय उपप्रधानमन्त्रीज्यूसँग शिष्टाचार भेट हो। परियोजनाका बारेमा सामान्य कुरा गर्न र परिचयात्मक रूपमा आफूलाई प्रस्तुत गर्न उपस्थिति हुनुभएको थियो। र, भेटघाटको क्रममा परियोजनाका आगामी गतिविधिहरूमा मूल रूपमा प्रमुख जिल्ला अधिकारीहरू संलग्न भई गर्नुपर्ने काम जग्गा प्राप्ति, परियोजनालाई उपलब्ध गराउनुपर्ने सुरक्षा तथा समन्वयको पार्टमा गृह मन्त्रालयको तर्फबाट हुनसक्ने सहयोगका लागि आग्रह गर्नुभएको छ। र, माननीय उपप्रधानमन्त्रीज्युले परियोजनाको सफल कार्यान्वयन, समयमै सम्पन्न गर्ने गरेर कार्यान्वयन गर्न मन्त्रालयको प्रशासन र प्रमुख जिल्ला अधिकारीहरूबाट पर्याप्त र आवश्यक सहयोग हुने आश्वासन उपलब्ध गराउनुभएको छ।’

Tags :
प्रतिक्रिया दिनुहोस