आफ्नै शरीरमा आगो लगाउने महिलाको उपचारको क्रममा मृत्यु « प्रशासन
Logo २२ मंसिर २०८०, शुक्रबार
   

आफ्नै शरीरमा आगो लगाउने महिलाको उपचारको क्रममा मृत्यु


६ जेष्ठ २०८०, शनिबार


काठमाडौँ । काठमाडौँको चन्द्रागिरि नगरपालिका–९ स्थित मच्छेगाउँमा आफैँलाई आगो लगाएर गम्भीर घाइते भएकी ३६ वर्षीय शान्ति श्रेष्ठको उपचारका क्रममा आज बिहान मृत्यु भएको छ । 

रामेछापको मन्थली नगरपालिका–६ भलुवाजोर घर भएकी श्रेष्ठले शुक्रबार अपराह्न ३ बजे आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएको प्रहरीले जनाएको छ । आगोले जलेर गम्भीर घाइते भएकी श्रेष्ठको आज बिहान कीर्तिपुरस्थित बर्न अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी तथा प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिए । 

श्रेष्ठ चन्द्रागिरि–९ मा श्रीमान्सँगै डेरामा बस्दै आएको प्रहरीले जनाएको छ । घटनाका विषयमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस