ए डिभिजन लिग : आज थ्रीस्टार र सातदोबाटो भिड्दै « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

ए डिभिजन लिग : आज थ्रीस्टार र सातदोबाटो भिड्दै


६ जेष्ठ २०८०, शनिबार


काठमाडौँ । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आज एक मात्रै खेल हुने भएको छ।

१९औँ चरणको अन्तिम खेलमा आज थ्रीस्टार र सातदोबाटो क्लबबीच प्रतिस्पर्धा हुने भएको हो। यी दुई टोलीबीचको खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा साँझ ६ बजे शुरु हुनेछ।

१८ खेलबाट दुवै टोलीले समान २६ अङ्क जोडेका छन्। त्यस्तै, सातदोबाटो चौथो र थ्रीस्टार पाँचौ स्थानमा रहेका छन्।

अहिले चर्च ब्वाइज युनाइटेड ३६ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ भने जावलाखेल युथ ३२ अङ्कसहित दोस्रो स्थानमा छ। ३१ अङ्क जोडेको साविक विजेता मच्छिन्द्र तेस्रो स्थानमा छ।

Tags :
प्रतिक्रिया दिनुहोस