भ्वाइस किड्स सिजन-२ को उपाधि स्पन्दन सुब्बालाई « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

भ्वाइस किड्स सिजन-२ को उपाधि स्पन्दन सुब्बालाई


६ जेष्ठ २०८०, शनिबार


काठमाडौँ । भ्वाइस किड्स सिजन-२ को उपाधि स्पन्दन सुब्बाले जितेका छन् । शुक्रबार रातीको ग्राण्ड फिनालेमा टीम प्रमोद खरेलको समूहबाट प्रतिस्पर्धा गरेका उनले उपाधि जित्न सफल भएका हुन् ।

फिनालेमा सुब्बासहितका आठ जनाले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए ।

विजयी सुब्बालाई हिमालय टेलिभिजन एचडीका अध्यक्ष धर्मराज भुषालले पुरस्कार प्रदान गरेका थिए । सुब्बाले १५ लाख रुपैयाँ नगद प्राप्त गरेका छन् ।

यस संस्करणमा प्रमोद खरेल, सुशान्त केसी, मिलन नेवार र प्रविशा अधिकारी कोचको रूपमा थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस