नागरिक उन्मुक्तिले लियो नेपाल बन्द फिर्ता « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

नागरिक उन्मुक्तिले लियो नेपाल बन्द फिर्ता


५ जेष्ठ २०८०, शुक्रबार


काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीले ६ गतेदेखि १० गतेसम्म गर्ने नेपाल बन्द घोषणा कार्यक्रम फिर्ता लिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदमा लाल आयोगको प्रतिवेदन सार्वजनिक गरिने फौजदारी विधेयक संसदमा टेबल भइसकेको जानकारी दिएको भन्दै शुक्रबार पार्टीका वरिष्ठ उपाध्यक्ष दामोदर पण्डितले विज्ञप्ति जारी गरेर नाउपाले गर्न लागेको सबै बन्दका कार्यक्रम फिर्ता लिइएको जनाइएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘…सरकार पक्षबाट  सम्माननीय प्रधानमन्त्री ज्यूले सदनमै ‘लाल आयोग’ प्रतिवेदन सार्वजनिक गरिने फौजदारी विधेयक संसदमा टेबुल भइसकेकोलगायत अन्य राजबन्दीको रिहाइ कानुन संशोधन गरेर भए पनि निकाल्ने प्रतिबद्धता संसदमै जाहेर गर्नु भएको हुँदा सरकार पक्षसँग भएको सम्झौता सकारात्मकता भएको महसुस नागरिक उन्मुक्ति पार्टीलाई भएकाले प्रेस विज्ञप्तिमा आह्वान गरिएको नेपाल बन्द कार्यक्रम अर्को सूचना नआउँदासम्म स्थगित गरिएको छ।’

Tags :
प्रतिक्रिया दिनुहोस