ए डिभिजन लिग : आज तीन खेल हुँदै « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

ए डिभिजन लिग : आज तीन खेल हुँदै


४ जेष्ठ २०८०, बिहिबार


काठमाडौँ । शहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज तीन खेल हुँदैछ ।

दुई वटा खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुनेछ भने अर्को एक खेल च्यासल मैदान, ललितपुरमा हुने भएको छ ।

च्यासल मैदानमा हुने खेलमा मनाङ मर्स्याङ्दी क्लब र सङ्कटा क्लब एक आपसमा भिड्ने छन् । जुन खेल दिउँसो ३ बजेबाट सुरु हुनेछ । यसैगरी, रङ्गशालामा हुने पहिलो खेलमा फ्रेन्डस क्लब र मच्छिन्द्र फुटबल क्लब भिडनेछन् ।

जुन खेल दिउँसो ३ बजे सुरु हुनेछ । उता, रङ्गशालामा नै साँझ ६ बजे हुने हुने दोस्रो खेलमा भने न्युरोड टिम र जावालाखेल युवा क्लब बिच प्रतिस्पर्धा हुनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस