वर्ल्ड टेनिस मास्टर्स एम टी २०० प्रतियोगितामा कमल थापा फाइनलमा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

वर्ल्ड टेनिस मास्टर्स एम टी २०० प्रतियोगितामा कमल थापा फाइनलमा


३ जेष्ठ २०८०, बुधबार


काठमाडौँ । वर्ल्ड टेनिस मास्टर्स एम टी २०० प्रतियोगिताको ६० वर्ष उमेर समूहको डबल्स प्रतिस्पर्धामा नेपालका कमल थापाको जोडी फाइनल प्रवेश गरेको छ ।

प्रतियोगितामा बुधबार भएको सेमिफाइनलमा नेपालका कमल थापा र झ्याम्पा धोण्डुपको जोडीले भारतका दोस्रो वरीयताका आशिष सेन र नरेश भिजको जोडीलाई ६-४, ६-२ को सोझो सेटमा पराजित गरी फाइनलमा प्रवेश गरेका हुन् ।

दार्जिलिङ जिम खाना क्लबद्वारा आयोजित अन्तर्राष्ट्रिय टेनिस फेडेरेसन (आईटीएफ) को मान्यता प्राप्त प्रतियोगिता वैशाख ३० देखि दार्जिलिङमा जारी छ । प्रतियोगितामा भारत, नेपाल, भुटान लगायत विभिन्न देशका १०० भन्दा धेरै सिनियर खेलाडीहरूको सहभागिता छ ।

यसै गरी आजै भएको सिङ्गलतर्फको प्रतिस्पर्धामा कमल थापाले भारतका उदय माथुरलाई क्वार्टरफाइनलमा ६-२, ६-२ को सोझो सेटमा  पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस