स्टक एक्सचेन्ज र ब्रोकर लाइसेन्स वितरण प्रक्रिया अगाडि बढाउन माग  « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

स्टक एक्सचेन्ज र ब्रोकर लाइसेन्स वितरण प्रक्रिया अगाडि बढाउन माग 


३ जेष्ठ २०८०, बुधबार


काठमाडौँ। सेयर बजारका लगानीकर्ताहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर नयाँ स्टक एक्सचेन्जको लाइसेन्स प्रक्रियालाई तत्कालै अगाडि बढाउन माग गरेका छन् ।

लगानीकर्ताहरूले वर्षौँदेखि उठाउँदै आएका र अर्थतन्त्रको भलो हुने विषयलाई कार्यन्वनयको अन्तिम चरणमा अवरुद्ध पार्दा केही स्वार्थ समूहको भलो भए पनि समग्र अर्थतन्त्र र लगानीकर्ताहरूको भलो नहुने उनीहरूको भनाइ छ । कुनै पनि बहानामा बजार सुधारको प्रक्रियालाई अवरुद्ध गर्न खोजे लाखौँ लगानीकर्ताहरू आन्दोलनमा उत्रिन बाध्य हुने उनीहरूले चेतावनी दिएका छन् ।

सेयर बजारमा आबद्ध करिब ५७ लाख लगानीकर्ताको प्रतिनिधित्व गर्दै पुगेका तीनवटा संस्थाका प्रतिनिधिहरूले लगानीकर्ताको मुख्य माग स्टक एक्सचेन्ज र नयाँ ब्रोकरको लाइसेन्स प्रक्रिया भएको बताएका छन् ।

लिखित मागपत्र बुझाउँदै उनीहरूले स्टक एक्सचेन्ज, नयाँ ब्रोकर, कोमोडिटी एक्सचेन्ज लगायतका बजार सुधारका कार्यलाई अगाडि बढाउन आग्रह गरेका छन् ।

नेपाल धितोपत्र बोर्डले धितोपत्र बजारलाई सुधार गर्ने भन्दै नयाँ ब्रोकर, स्टक एक्सचेन्ज, केमोडिटी एक्सचेन्ज लगायतको लाइसेन्स प्रक्रियालाई अगाडि बढाएको थियो ।

आवेदन बन्द भएर मूल्याङ्कन प्रक्रिया सुरु भएसँगै प्रधानमन्त्री प्रचण्डको ठाडो आदेशमा स्टक एक्सचेन्जको लाइसेन्स प्रक्रिया रोकिएको छ भने ब्रोकरको लाइसेन्स प्रक्रियामा पनि भाँजो हाल्ने प्रयास भइरहेको लगानीकर्ताको आरोप छ ।

Tags :
प्रतिक्रिया दिनुहोस