एमसिसी र एसपीपी पास गरेसँगै अमेरिकी सेना र सरकारका प्रतिनिधिहरूको उपस्थिति बाक्लिन थाल्यो : झलनाथ खनाल « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

एमसिसी र एसपीपी पास गरेसँगै अमेरिकी सेना र सरकारका प्रतिनिधिहरूको उपस्थिति बाक्लिन थाल्यो : झलनाथ खनाल


३ जेष्ठ २०८०, बुधबार


काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनालले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) र एसपीपी पास गरेसँगै नेपालमा अमेरिकी सेना र सरकारका प्रतिनिधिहरूको उपस्थिति बाक्लिन थालेको भन्दै आपत्ति जनाएका छन्।

बुधवार ३१ औँ मदन-आश्रित स्मृति दिवसको कार्यक्रमलाई काठमाडौँमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

अहिले देश सङ्कटपूर्ण अवस्थामा रहेको र देशमा राजनीतिक अस्थिरता कायम रहेको उनको भनाइ छ ।

खनालले नेपाल रेमिट्यान्स आधारित देश बन्न लागेको भन्दै चिन्ता व्यक्त गर्दै नेपाललाई पश्चिमा शक्तिले आफ्नो खेल भूमि बनाउन खोजेको र एमसीसी र एसपीपी पास गराएपछि अमेरिकी सेनाका र सरकारका एकपछि अर्को झुन्डहरू नेपालमा आइरहेको भन्दै नेपाललाई विदेशीको खेल मैदान बन्न दिनु नहुने बताए। उनले नेपालमा अमेरिकीहरूको उपस्थिति बाक्लिनुको कारणबारे नेपालीहरू सचेत रहनुपर्ने बताए।

Tags :
प्रतिक्रिया दिनुहोस