रेशम चौधरीले बोलाए पार्टीका नेताहरूलाई कारागार « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

रेशम चौधरीले बोलाए पार्टीका नेताहरूलाई कारागार


३ जेष्ठ २०८०, बुधबार


काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरीले पार्टीका नेताहरूलाई डिल्ली बजार कारागार बोलाएका छन् ।

सर्वोच्च अदालतले जिल्ला र उच्च अदालत दिपायलले गरेको जन्मकैदको फैसला सदर गरेपछि चौधरीले सोही विषयमा छलफल गर्न नेताहरूलाई आज बिहान १० बजे डिल्ली बजार कारागार बोलाएका हुन् ।

रेशम र नेताहरुबीचको भेटमा सर्वोच्चको फैसला सम्बन्धमा, संघीय सरकार र सुदूरपश्चिम प्रदेश सरकारका सम्बन्धमा पनि छलफल हुने बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस