सरकार खर्च कटौतीमा निर्मम हुनु पर्छ : ज्ञानेन्द्र शाही « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

सरकार खर्च कटौतीमा निर्मम हुनु पर्छ : ज्ञानेन्द्र शाही


२ जेष्ठ २०८०, मंगलबार


काठमाडौँ । राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले सरकारले खर्च कटौतीमा निर्मम हुनुपर्ने बताएका छन् ।

मङ्गलवार प्रतिनिधि सभा अन्तरगतको अर्थ समितिको पहिलो बैठकमा बोल्दै शाहीले अर्थतन्त्रका वर्तमान सूचाङ्कहरु हेर्दा भोलिको भविष्य राम्रो नभएको बताए ।

उनले समितिले सरकारले गर्ने खर्च कटौतीका विषयमा समितिलाई जानकारी दिनको लागि अर्थमन्त्रीलाई तत्काल बोलाउन मागसमेत गरेका छन् ।

उनले भने, ‘अर्थतन्त्रका वर्तमान सूचाङ्कहरु हेर्दा भोलिको भविष्य राम्रो होला भन्ने लाग्दैन । आर्थिक वृद्धिदर घट्दै आएको अवस्था छ । मुलुकको वर्तमान अवस्थामा २ खर्ब बढी आम्दानी भन्दा बढी खर्च रहेको छ नयाँ सरकार बनेपछिको तथ्याङ्क हो । खर्च कटौती कसरी गर्नुपर्छ भन्ने विषयमा जानकारी दिनको लागि समितिमा अर्थमन्त्रीलाई तत्काल बोलाउनुपर्छ । अबको अर्को बैठकमा अर्थमन्त्री बैठकमा हुनुपर्छ । सरकारसँग सांसदहरूले खर्च कटौतीका विषयमा जानकारी मागेको माग्यै छौँ । तर सरकारले जानकारी दिएको छैन । कि त सरकारले नीतिगत निर्माणमा गलत गर्नुपर्‍यो । अहिले हामी अति संवेदनशील अवस्थामा छौँ ।’

Tags :
प्रतिक्रिया दिनुहोस