अधिकृत रिक्त रहेका स्थानीय तहमा यथाशीघ्र पठाउने गृहकार्य भइरहेको छ : मन्त्री मोदी « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

अधिकृत रिक्त रहेका स्थानीय तहमा यथाशीघ्र पठाउने गृहकार्य भइरहेको छ : मन्त्री मोदी


२ जेष्ठ २०८०, मंगलबार


काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले प्रमुख प्रशासकीय अधिकृत रिक्त रहेका कतिपय स्थानीय तहमा यथाशीघ्र रूपमा पठाउन गृहकार्य भइरहेको बताएका छन् ।

राज्यव्यवस्था तथा सुशासन समितिको आजको बैठकमा मन्त्री मोदीले यस्तो बताएका हुन् ।

उनले भने, ‘मन्त्रालयबाट सरुवा भएर गएका अधिकृतलाई कतिपय स्थानीय तहले राजनीतिक आस्थाका कारण हाजिर नगराएर फर्काएका कारण पनि समस्यालाई समयमै सम्बोधन गर्न नसकिएको हो, जहाँ त्यस्तो समस्या छैन, त्यहाँ अधिकृत गएर काम गरिरहेकै छन् ।’

Tags :
प्रतिक्रिया दिनुहोस